परिसंघको वरिष्ठ उपाध्यक्षमा अग्रवाल, स्वतः अध्यक्ष बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 06:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी समितिको बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । 

उनले परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका छन् । परिसंघको १३ औँ वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् ।

 वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान परिसंघको विधानमा उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved