सावाँ ब्याज मिनाहा गर्न बुटवल उद्योग वाणिज्य संघकाे माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 12:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगी व्यबसायीले बैंकबाट लिएको सावा तथा व्याज मिनाहा गर्न सरकारसंग माग गरेको छ । संघले कोरोना भाईरस (कोभिड–१९)को कारण उद्योग व्यबसायमा गम्भिर असर पर्न थालेको औंल्याउँदै यस्तो माग गरेको हो । 

संघले कोरोनाका कारण सबैभन्दा बढी प्रभाव पर्यटन व्यबसायमा परेकाले बाह्य देशहरुले सहुलियत प्याकेज घोषणा गरेको स्मरण गराउँदै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई उद्योगी व्यबसायीलाई राहत हुनेगरी आकर्षक प्याकेज ल्याउन समेत माग गरको छ । संघले प्रदेश तथा स्थानीय सरकारले लिने कर (बहाल कर, व्यबसाय कर, व्यबसाय दर्ता तथा नविकरण शुल्क)मा बिशेष सहुलियत घोषणा गरि नीजि व्यबसायिक क्षेत्रलाई राहत प्रदान गर्न माग गरेको छ । 

त्यस्तै ‘बुटवल उद्योग वाणिज्य संघका सबै सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानहरुलाई अत्यावश्यक सामग्रीहरुको पारदर्शी र निश्पक्ष रुपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रुपमा अत्यावश्यक सामग्रीहरुको भण्डार नगर्न समेत अनुरोध गर्दछौं ।’ संघले जारीगरेको बिज्ञप्तीमा भनिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved