वर्षातका कारण करोडौँको ईट्टा क्षति

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Apr 27, 2020 | 03:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको कपिलवस्तुमा भट्टीमा पोल्ने तयारी  रहेका कति ३० लाख भन्दा बढी काँचो ईट्टा पानीले क्षति गरेको छ । बेमौसमी पानीको कारण एक करोड रुपैयाँ भन्दा बढीको  क्षति भएको उद्योगीहरुले बताएका छन् ।

त्रिशक्ति ईट्टा उद्योगका इञ्चार्ज हेम उचईले पानीको मार लकडाउन दूवै मारमा परेको बताए । जिल्लाभर ७३ ईट्टा उद्योगमा बिक्री शून्य भएको उद्योगीले जनाएका छन् । 

बुद्धभूमि नगरपालिका–८ स्थित सेभेन स्टार ईट्टा उद्योगमा करीब ३० लाख बढी क्षति भएको कपिलवस्तु ईट्टा उद्योग संघका महसचिव कृष्ण सापकोटाले बताए । मजदूरलाई आफूले काँचो ईट्टा को प्रतिगोटाका आधारमा पैसा तिर्नुपर्ने बाध्यता भएकाले नोक्सानी व्यहोर्नुपरेको सापकोटाले वाताए ।

उत्पादित ईट्टा बिक्री नभएको र  वित्तीय संस्थाबाट ल्याइएको कर्जा र व्याज तिर्नसमेत धौधौ भएको ईट्टा व्यवसायी डम्बर शर्माले बताए । ईट्टा बनाएर परिवार चलाउँदै आएका मजदूरलाई समेत यसको मार परेको छ । 

भट्टमै ईट्टा बनाएर घरखर्च जोहो गर्ने र आफ्नो कमाइले नौं जनाको परिवार पाल्दै आएका पिन्टु चौधरी  बन्दाबन्दीले आफूहरुलाई समस्यामा पारेको बताए ।  नेपाल ईट्टा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाँले भट्टामा आश्रित मजदूरलाई रोजीरोटीको व्यवस्था गर्नसमेत मुश्किल पर्दै गएको बताए ।

नाफा र नोक्सानी  हेर्ने समय त होइन, कसरी आफू र मजदूरलाई बचाउने भन्ने सोचिरहेका छौँ । काँचो ईट्टाको बीमा  नहुने र सरकारले उद्योगीलाई क्षतिपूर्ति समेत नदिने गर्दा उद्योगीले घाटा व्यहोर्नुपरेको  मियाँको भनाई छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved