विद्युतमा सहुलियत दिन निजी क्षेत्रको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 07:03:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटि विद्युतमा सहुलियत दिन आग्रह गरेको छ । महासंघकी अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल सहित तीनवटै संस्थाका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले मन्त्री पुन समक्ष उर्जा मन्त्रालयमा भेट गरी यस्तो माग गरेका हुन् । 

निजी क्षेत्रका उद्यमीव्यवसायीहरूको सहभागिता रहेको सो टालीले कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युतमा २० प्रतिशत छुट दिन माग गरेको महासंघले जनाएको छ । निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुटदिन समेत मन्त्री पुनः समक्ष आग्रह टोलीले आग्रह गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved