हाईलाइफ फुड प्रोडक्टद्वारा क्वारेन्टाइनमा रहेकाहरुका लागि खाद्यान्न सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 02:47:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलमा रहेको हाईलाइफ फुड प्रोडक्टले क्वारेण्टाईनमा बसेकाहरुका लागि सामाग्री सहयोग गरेको छ । कम्पनीले कोरोना भाईरसका कारण भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनकालागि चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यान्न सहयोग गरेको हो ।

बुटवल उपमहानगरपालीका ४ कान्ति मा.वि.को क्वारेन्टाईनमा रहेका १ सय १० जनाकोलागि विभिन्न खाद्यान्न सामाग्री उक्त वडाका अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उक्त स्कुलमा रहेका व्याक्तिहरुल ेधेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै कम्पनीले यस विषम परिस्थितीमा निकै सह्रानीय काम गरेकोे अध्यक्ष पराजुलीले बताए । 

त्यस्तै कम्पनिले तिलोत्तमा–२ स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्याक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको जनाइएको छ । यसैगरी यसअघि पनि सियारी गाउंपालिका १ का ३०० जना विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका अध्यक्ष अरुण साही मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । 

कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरेको जनाइएको छ । उक्त उत्पादीत वस्तु नेपाल अधिराज्यको साथै हङ्खकङ्ख, मकाउ लगायतका देशहरुमा बिक्री गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरीकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको कम्पनीले जनाएको छ ।

 यस विषम परिस्थीतीमा पनि खाद्यान्न अभाव नहोस भन्ने हेतुले विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ जनाइएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरुको सुरक्षाकालागि कम्पनी स्वयंमले कोभिड–१९ बीमा गराएको जनइएको छ  ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved