लकडाउनले समस्या निदान गर्दैन, निर्णय पुनर्विचार होस् : महासंघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 10:04:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनको समयसिमा र मोडालिटीबारे गम्भीर पुनर्विचार गर्न आग्रह गरेको छ । सुरक्षा संवदेशनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउनको लागि महासंघले मोडालिटी परिवर्तन अग्रण आग्रह गरेको हो ।

लकडाउनले समस्या स्थगनमात्र गर्न सक्ने र विश्वव्यापी अभ्यास समेतले समस्याको निदान गर्ने लकडाउन मात्र उपाय नभएको प्रष्ट भएकोले महासंघले यसबारे गम्भीर पुनर्विचार गर्न सरकार समक्ष आग्रह गरेको हो । कतिपय देशहरूले लकडाउनलाई विस्तारै खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउंदै गएको तथ्यलाई मनन गर्न महासंघले आग्रह गरेको छ। 

महासंघले भनेको छ 'नेपालको सन्दर्भमा लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको छ । ' लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कूल गार्हस्थ गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको आर्थिक नोक्सानी भैसकेकोले अब यहि मोडलको लकडाउनलाई निरन्तरता दिन नहुने महासंघको माग छ ।

लकडाउनको समयसिमा बढाउंदा सरोकारवालाहरू समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी पुन जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएकोप्रति महासंघ चिन्ता व्यक्त गरेको छ । महासंघले भनेको छ 'पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसंग पनि प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने हाम्रो धारणा हो । ' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved