कोरोना माहामारीका बीच दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन असोज ३० देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 02:50:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली र भारतीय ब्राण्ड तथा आगन्तुकहरूलाई एउटै मञ्चमा उपस्थित गराएर दुई देशबीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले असोज ३० देखि कार्तिक २ गतेसम्म NEPAL INDIA FRANCHISE EXPO, AWARDS & SUMMIT आयोजना हुने भएको छ ।

पहिलो पटक भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको यो सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्न लागेको हो । कार्यक्रममार्फत दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा बढी लगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतिपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने माध्यमको रूपमा उपयोग गरी लाभ उठाउन सक्ने महासंघले विश्वास लिएको छ । 

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमको रूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड–१९ का कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । 

यो सम्मेलनलाई नेपाल भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ । पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रममार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयां अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलव्धी हासिल गरेको थियो । 

फ्लीपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्राण्डहरुसहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाई सकेका स्वदेशी ब्राण्डहरू पनि विस्तार भैरहेका छन् । 

थ्रीडी भर्चुअल एक्सपोले पनि उद्यमशीलताको सँेंच राखि अगाडी बढ्न लागेको यूवा जमातलाई समय अनुसार अगाडी बढ्न र व्यवसायिक अवसरहरूको खोजी गर्न सघाउने विश्वास गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved