किशोर प्रधान समूहको चुनावी अभियान तीब्र, प्रदेशका उम्मेद्वार पनि टुंगो लगाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 12:37:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी तातेको छ । बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको समूह पश्चिम नेपालका जिल्लाहरुमा चुनावी अभियान लिएर पुगेको छ । आगामी मंसिरमा साधारणसभा र निर्वाचन गर्न सरकारले अनुमति दिएपछि प्रधान समूह अहिले प्रदेश नम्बर ५ (प्रस्तावित लुम्बिनी) मा छ ।

चितवनबाट रुपन्देही पुगेको टोलीले भैरहवा उद्योग वाणिज्य संघ, तिलोत्तमा नगर उद्योग वाणिज्य संघ र सिद्धार्थ नगर उद्योग वाणिज्य संघसँग छुट्टाछुट्टै भेट गरेको छ । भेटमा सबै संघहरुले बैठक बसेरै किशोर प्रधान समूहलाई निर्वाचनमा सहयोग गर्ने घोषणा गरेका छन् । तिलोत्तमाका अध्यक्ष माधब भण्डारी, सिद्धार्थ नगरका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, भैरहवाका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले किशोर प्रधानले २८ वर्ष महासंघमा दिएको योगदानलाई ध्यानमा राखेर आगामी निर्वाचनमा उनलाई सहयोग गर्ने घोषणा नै गरेका छन् ।


रुपन्देहीबाट दाङ पुगेको यो टोलीले दाङका तुलसीपूर, घोराही लमही र देउखुरी नगर उद्योग वाणिज्य संघसँग भेटघाट र छलफल थालेको छ । तुलसीपूरका अध्यक्ष बीरु राउत, घोराहीका नारायण भुसाल र देउखुरीका रत्न श्रेष्ठले प्रधान समूहलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

तुलसीपूरका निवर्तमान अध्यक्ष बिमल रिजाल केन्द्रीय सदस्यका उम्मेद्वार पनि रहेकाले उनलाई केन्द्रमा प्रधान समूहले सहयोग गर्ने भएको छ । उनलाई बरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले टोपी र टीका लगाएर दोहोरो सहयोग आदानप्रदानको घोषणा गरेका छन् ।

दाङबाट निस्केको टोलीले प्युठानका अध्यक्ष केशरमान पक्षपतिसँग पनि भेट गरेको छ ।

टोली अहिले अर्घाखाँची पुगेको छ । प्रधान समूहको निर्वाचनको प्रचारमा रहेका महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार टोली आजै गुल्मी पुगेर त्यहाँका व्यवसायीसँग छलफल सकेर साँझ बास बस्न पाल्पा पुग्नेछ ।


यसैबीच प्रधान समूहबाट महासंघको प्रदेश ५ प्रमुखको उम्मेद्वार पनि आजै टुंगिने दाबी गरिएको छ । अघाँखाँचीका पूर्व अध्यक्ष कृष्ण श्रेष्ठ र भैरहवाका पूर्व अध्यक्ष कृष्ण प्रसाद शर्मामध्ये एक जना प्रदेश प्रमुखको उम्मेद्वार बन्ने भएका छन् । उनीहरु दुबैले आकांक्षा देखाएको भएपनि किशोर प्रधान आफैँले दुबै जनालाई राखेर छलफल गर्दै छन् ।

टोलीमा प्रधान आफैँ सामेल भएपनि निर्वाचन केन्द्रित अभियानको नेतृत्व गरिरहेका सुमार्गीले राप्ती क्षेत्रका अध्यक्ष नारायन भुसाल, बिर बहादुर रावत तथा रत्न प्रसाद श्रेष्ठबाट प्रधान समूहले पाएकोस्वागत र आतिथ्यका लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

महासंघको साधारणसभा आगामी मंसिर ११ र १२ गते हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved