सिंगटी हाइड्रोले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा मेगा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 09:07:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणमा साधारण सेयर निष्काशनको लागि सिंगटी हाइड्रोले मेगा क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धक चयन गरेको छ।

यस सम्बन्धि सम्झौतामा हाइड्रोका तर्फबाट कार्यकारी संचालक गणेश कार्की र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन।

सम्झौताअनुसार सिंगटी हाइड्रो इनर्जीले कुल ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । जस मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभवित स्थानीयको लागि र बाँकि २९ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ । शेयरको सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा मेगा क्यापीटलले गर्नेछ ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणा गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved