अब १०० मै आईपिओ नपाइने होइन, यस्तो छ कानुनी ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 09:51:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि कार्यविधि तयार पारेको छ  । बोर्डले कार्यविधिको मस्यौदा तयार पारि त्यसमा सल्लाह सुझावको लागि आह्वान गरेको हो । कार्यविधिमा बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्दा कसरी मूल्य सीमा निर्धारण गर्ने, कसरी मूल्य तय गर्ने लगायतका ब्यबस्था छ ।

उक्त कार्यविधिमा बुक विल्डिङ्ग  विधिबाट आईपिओ निष्काशन गर्दा कसरी मूल्य तय हुने उल्लेख छ । तर बोर्डले यस्तो कार्यविधि ल्याएपछि कतिपयले अब एक सय रुपैयाँमा आईपिओ नपाइने भन्दै भ्रमणपूर्ण प्रचार गर्न थालेका छन् । स्वभाविक रुपमा नै बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन हुँदा त्यसको मूल्य १ सय रुपैयाँ भन्दा बढी हुन्छ । तर सबै कम्पनीको आईपिओ बुक विल्डिङ्ग विधि बाट नआउने भएकोले लगानीकर्ताले अझै १ सय रुपैयाँ मै आईपिओ प्राप्त गर्न सक्ने छन्  ।

नेपाल धितोपत्र बोर्डले 'धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ' मा कस्ता कस्ता कम्पनीको आईपिओ बुक विल्डिङ्ग विधिबाट आउँन सक्ने भन्ने बारे स्पष्ट तोकेको छ  । जसमा बोर्डले  बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्नको लागि ४ वटा मापदण्ड तोकेको छ । ति मापदण्ड पुरा गरेका कम्पनीले मात्र यो विधिबाट आईपिओ निष्काशन गर्न पाउने छन् । 

यस्ता छन् मापदण्ड: 

- कम्पनीले विगत तीन आर्थिक बर्ष देखि लगातार खुद मुनाफामा संचालनमा रहेको,

- कम्पनीको साधारण सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको,

- कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको,

- कम्पनीले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको,

यी ४ मापदण्ड पुरा गरेका कम्पनीले मात्र  बुक  विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन गर्न पाउने छन् ।  अर्थात् यी ४ मापदण्ड पुरा गरेका कम्पनीको आईपिओ मात्र सय रुपैयाँमापाइने छैन ।  तर यी बाहेक अन्य कम्पनीको आईपिओ भने अंकित मूल्य मै पाइनेछ ।  

त्यस्तै बोर्डले प्रिमियममा पनि आईपिओ निष्काशन गर्न सक्ने ब्यबस्था गरेकोले त्यस्ता आईपिओ खरिद गर्न भने अंकित मूल्यमा प्रिमियम थप गर्नु पर्ने हुन्छ। यस अघि शिवम सिमेन्टले उक्त विधिबाट आईपिओ निष्काशन गरेको थियो । 

प्रिमियममा  आईपिओ निष्काशन गर्न पनि निम्न शर्त हरु तोकिएका छन्  ।  

-कम्पनी लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको,

-कम्पनीको प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको,

-कम्पनीको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको,

-कम्पनीले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाईएको बिधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन,

-निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको ।

-कम्पनीले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्ने ।


यसरी यी २ विधिबाट आईपिओ निष्काशन हुँदा मात्र  लगानीकर्ताले त्यसलाई खरिद गर्न १ सय भन्दा बढी तिर्नु पर्ने हुन्छ  । यी मापदण्ड पुरा गर्न नसक्ने कम्पनीको आईपीओ भने १ सय मै आउने छ  । 

यो पनि : 

बुक विल्डिङ्गबाट आईपिओ निष्काशन गर्दा यसरी तय हुने भयो मूल्य

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved