चेम्बर अफ कमर्सद्धारा माक्स वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 02:33:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान माक्स हस्तान्तरण गरेको जनाएको छ । चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान माक्स हस्तान्तरण गरेको जनाएको छ । 

त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यन्न सहयोग गरेको छ । साथै एक टन चामल पनि सहयोग गरेको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पिडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ । देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved