लगानीकर्ताद्वारा नेप्से कार्यालय घेराउ: अर्थमन्त्री खतिवडालाई अतिथि नबनाउन अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 10:07:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले २०७६ असार मसान्तभित्र पुरा गर्नुपर्ने ५८ बुँदे सुझाब कार्यान्वयन नगरेको भन्दै स्वतन्त्र लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कार्यालय घेराउ गरेका छन्।

अर्थ मन्त्रालयद्वारा डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यलयलले लगानीकर्ताका सुझाब समेत समेटिएका कामहरु नभएकाले पुंजीबजारमा संकट आएको भन्दै नेप्से परिसर घेर्न पुगेका हुन। 

गत बुधबारनै तीनबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका स्वतन्त्र लगानीकर्ताको आजको भेलाले अर्थमन्त्री खतिवडालाई सार्वजनिक कार्यक्रममै पुगेर ५८ बुँदे सुझाब कार्यन्वयन नभएकोबारे प्रश्न सोध्ने निर्णय गरेको छ। पुंजीबजार सम्बन्धित काम नगरी सार्वजनिक कार्यक्रममा मात्र भाषणबाजीमा लागेको आरोपो लगाउदै लगानीकर्ताको भेलाले अर्थमन्त्री खतिवडा अतिथि भएको कार्यक्रम मै पुगेर प्रश्न सोध्ने भएको छ। 

यसबाट हानि हुन नसक्ने भन्दै बिभिन्न कार्यक्रमका योजकहरुलाई लगानीकर्ताको भेलाले अर्थमन्त्री खतिवडालाई प्रमुख अतिथि नबनाउन समेत अनुरोध गरेका छन। नेप्सेको कार्यालय घेराउ गर्न पुगेका स्वतन्त्र लगानीकर्ताको समुहका सदस्यले एक बिज्ञप्ती निकाल्दै यस्तो अनुरोध गरेका हुन।  स्थिति तनावपूर्ण हुन नदिन नेप्सेको कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।



 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved