नेपालका लागि मारुती सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले हाइब्रिड कार भित्र्याएको छ । कम्पनीले भदौ १० गतेदेखि आयोजना हुने ‘नाडा अटो शो २०१९’मा हाइब्रिड कार प्रदर्शनमा राख्ने भएको हो ।
सिजी मोटोकर्पले शोमा सुजुकीका तीन हाइब्रिड कार एस–क्रस, इर्टिगा र सियाज ल्याउने भएको हो । सिजी मोटोकर्पका मार्केटिङ म्यानेजर करुण शाक्यले विजपाटीसँग मारुती सुजुकीका स्मार्ट हाइब्रिड कार अटो शो मा मुख्य आकर्षणको रुपमा रहने दाबी गरे ।
सरकारले हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिएपछि हाइब्रिड कार आउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।