अटो शो लक्षित निसानको उपहार योजना, मलेशिया टुरदेखि टन्नै नगद छुटसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 04:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शोमा निसान गाडी बुकिङ गर्ने ग्राहकले एम आई ८ लाइट मोबाईल प्राप्त गर्ने भएका छन् । निशानको “फेस्टिभ ड्राइभ” उपहार योजना अन्तर्गत ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । उक्त मोबाईलको मूल्य ३१ हजार ९९९ छ ।

गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्म पनि ग्राहकले पाउन सक्नेछन् ।

९५ हजार ९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मको बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत दिईने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved