बीमा समितिमा जागिर खाने हो ? सहायकदेखि निर्देशक पदमा आबेदन खुल्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 09:53:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीको नियामक संस्था बीमा समितिले नयाँ कर्मचारी भर्नाका लागि बिज्ञापन प्रकाशन गरेको छ। समितिले सहायक प्रथमदेखि निर्देशक पदको लागि आन्तरिक र खुला समावेशी माध्यमबाट १६ जनाको लागि आबेदन खुला गरेको हो। 

समितिले निर्देशक, उप निर्देशक र सहायक निर्देशक आन्तरिक प्रतियोगिता मार्फत छनौट गर्ने जनाएको छ। त्यस्तै उप निर्देशक पदमा कानून अधिकृत १ जना,  प्रसाशन तर्फ सहायक निर्देशक पदमा  खुला २ जना, महिला, मधेसी र दलित १ जनाको लागि विज्ञापन गरेको छ । खुला र महिला  १/१ जना चार्टर एकाउन्टेन्ट पदमा लेखा अधिकृत माग गरेको छ । 

त्यस्तै गरि कानून तर्फ सहायक निर्देशक पदको लागि खुला महिला र दलित १ जनाको विज्ञापन गरेको छ । जसका लागि कानून विषयामा कम्तिमा स्नाकोत्तर तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । सहायक प्रथाम तर्फ खुला र दलितको लागि १ /१ जनाको विज्ञापन गरेको छ । जसमा आवेदन दिनको लागी कुनै पनि विषयमा कम्तिमा स्नातक उपाधि पाएको हुनुपर्ने समितिले जनाएको छ ।  यी पदहरुमा आवेदन दिनका लागि मङ्सिर ८ गतेसम्म म्याद तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved