सरकारले माग्यो म्यानपावर कम्पनिको कर्मचारी विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 06:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले म्यानपावर कम्पनिसँग कर्मचारी विवरण मागेको छ । प्रत्येक म्यानपावरलाई आफ्नो कर्मचारीको विस्तृत जानकारी सहितको विवरण दर्ता गर्न भन्दै वैदेशिक रोजगार विभागले विहिवार सूचना जारी गरेको हो । 

प्रत्येक म्यानपावरमा कार्यरत कर्मचारीको नामथर, ठेगाना, नियुक्ती मिति, नियुक्ति अवधि, सम्पर्क नम्बर सहितको विवरण दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त विवरण वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गर्नुपर्नेछ । विभागको सूचना अनुसार उक्त विवरण भने प्रत्येक ६/६ महिनामा अत्यावधिक गराउनुपर्ने छ । 

विभागले म्यानपावर कम्पनिको एजेन्ट खारेजीसँगै कर्मचारी विवरणको माग गरेको हो । एजेन्ट मार्फत ठगीमा परेको उजुरी बढ्न थालेपछि एजेन्ट खारेज गरेको विभागले जानकारी दिएको छ । साथै म्यानपावरको कर्मचारीले एजेन्टको काम गर्न नपाउने जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved