एनआरएनए अध्यक्षले भने, ‘अबदेखी नेपालमा सम्मेलन गर्दैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 02:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले आगामी विश्व सम्मेलनमा नेपालमा नगर्ने बताएका छन् । उनले संस्थामा अनावश्यक राजनीति भएको भन्दै उनले होटलका कोठा–कोठामा विभिन्न पार्टीका नेताहरु आएर संस्थालाई राजनीतिकरण गर्न खोजेको बताए । 

संघको नवौं सम्मेलनबाट प्रत्यासी कुल आचार्यलाई १४७ मतान्तरले पराजित गरी शुक्रबार बिजयी भएपछि अध्यक्ष पन्तले भने, ‘संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजियो । सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर छलफल पनि भए । हामी संस्थालाई राजनीतिकरण गर्न चाहदैनौँ ।’

विजयी पश्चात पत्रकारसँग छोटो अन्तरक्रिया गर्दै उनले भने ‘अबदेखि नेपालमा अधिवेशन गर्दैनौं, अनलाइन भोटिङ गर्छौं, एनआरएनएका प्रतिनिधिले होइन साधारण सदस्यहरूले नै भोट गर्न पाउने व्यवस्था मिलाउँछौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved