‘एनआरएनए’ले श्रमिक कल्याणकारी कोषलाई १ करोड ६ लाख राहत दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 09:30:10 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित अन्तराष्ट्रिय समन्वय परिषद्ले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । यो कोष मध्यपूर्वी  मुलुकमा रहेका नेपालीका लागि स्थापना गरिएको हो । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको प्रस्तावमा अन्य पदाधिकारी एवं सदस्यहरु सहमत भएका हुन् । 

बैठकले सरकारले अघि सारेको ‘भिजिट नेपाल २०२०’ मा सहकार्य गर्न निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा समिति बनेको छ । 

संघको पहिलो बैठकले संरक्षक परिषद् समेत बनाएको छ । प्रमुख संरक्षकमा शेष घले चयन भएका छन् । संरक्षक समितिको सदस्यहरुमा डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा चुनिएका छन् । 

बैठकले संघको सल्लाकार समिति समेत गठन गरेको छ । समितिमा निवर्तमान उपाध्यक्ष कुलआचार्य (युके), सपिला राजभण्डारी (रसिया),रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका) र हरिबोल भट्टराई (अमेरिका) रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved