५ प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम मानी गणना गर्न बोर्डको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 12:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष अनुरोध गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको ५ प्रतिशत पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयमा अनुरोध गरेको हो ।

कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको तर कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासा आएपछि बोर्डले मन्त्रालय समक्ष प्रष्ट ब्यबस्था गरिदिन अनुरोध गरेको हो ।

बोर्डले उक्त पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन आग्रह गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved