'अब शेयर बजार बन्द नहुने गरी खुल्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 12:17:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अब शेयर बजार खुलेपछि कुनै पनि बहानामा बन्द नहुने गरी कार्य भईरहेको जनाएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अब शेयर बजार बन्द नहोस भन्ने उदेश्यका काम गरिरहेको बताएका हुन्

उनले  बोर्डले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र कार्यदलले दिएको प्रतिवेदनको आधारमा बजार संचालन गरिने बताएका हुन् । कार्यदलले यसै हप्ता भित्र प्रतिवेदन बुझाउने उनको भनाई छ 

उनले विगतमा विभिन्न स्वार्थ समुहले विभिन्न माग राख्दै बजार बन्द गरेकोले अब त्यो अवस्था नआउने बताए । उनले भने ' केहि दिन ढिलै भएपनि बजार खुलेपछि बन्द नहुने गरी खुल्छ, कसैको स्वार्थमा पनि बजार रोकिदैन, खोलिसकेपछि बजार बन्द गर्ने गरि खोल्नु हुदैन' । कोहि मान्छे आएर बजार खोल्दिनु पर्यो भन्ने, कोहि आएर बन्द गर्दिनु पर्यो भन्ने प्रबित्तिले बजारलाई राम्रो नगर्ने भएकोले त्यस्तो प्रवित्तिलाई अन्त्य गरेर बजारलाई सिस्टममा लैजान बोर्डले कम गरिरहेको उनले बताए ।  

उनले अहिलेको पहिलो प्राथमिकता शेयर बजार खुलाउनु रहेको बताए । बजार खुलेपछि दोस्रो चरणमा बजारको रिफर्म गरिने र त्यसको लागि तयारी भईरहेको उनले बताए । उनले भने ' बजारलाई ब्यबस्थित बनाउनु पर्ने छ, बजारको रिफर्म आवश्यक छ, त्यसको लागि तयारी भईरहेको छ' । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved