आर्थिक वर्ष 'रिभ्यु': नयाँ रेकर्डसहित डेढ खर्ब बढीको शेयर कारोबार, ८७ अंकले बढ्यो सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 06:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७६/७७ भरी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा डेढ खर्ब बढीको कारोबार भएको छ । यस आर्थिक वर्षमा १८३ दिन शेयर किनबेच हुँदा १ खर्ब ५० अर्ब ७ करोड ४२ लाख ४५ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको हो । जुन औसतमा प्रतिदिन ८२ करोड ७ लाख बराबरको कारोबार हो ।

२०७६ फागुन १८ गते सबैभन्दा धेरै ४ अर्ब ८४ करोड कारोबार भएको थियो भने २०७७ बैशाख ३१ गते सबैभन्दा कम ३६ लाख १३ हजार कारोबार भएको थियो । शेयर कारोबारको इतिहासमा सबैभन्दा धेरै कारोबार भएको यो नै पहिलो पटक हो ।  

यस आर्थिक वर्षको पहिलो दिन नेप्से सूचक १२७४.८६ रहेकोमा आर्थिक वर्षको अन्तिम दिन सूचक १३६२.३४ रहेको छ । अर्थात् यस वर्ष नेप्से सूचक ८७.४८ अंकले बढेको छ ।

यस आर्थिक वर्षमा २०७६ फागुन १७ गते नेप्से सूचक सबै भन्दा उच्च बिन्दु १६३२.१७ मा पुगेको थियो भने २०७६ मंसिर १० गते सबै भन्दा कम ११०९.१६ रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved