७ दिनमै लगानीकर्ताले गुमाए ७१ अर्ब, एनआईसी एसिया लघुवित्तमा आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 01:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ अर्ब बढी कारोबार भएको छ । ४ दिनको अवधिमा नेप्सेमा ५  अर्ब २८ करोड ६४ लाख बढीको कारोबार भएको छ । यो औसतमा प्रति दिन १ अर्ब ३२ करोड १६ लाख बराबर हो । 

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबैभन्दा धेरै  ५८ करोड ११ लाखको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स, तेस्रोमा प्रभु बैंकको संस्थापक शेयर र चौथोमा एनएमबि बैंक रहेका छन् । 

गत साता बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम शिर्ष स्थानमा छ । टेलिकमको बजार पुँजीकरण ९७ अर्ब ६५ करोड छ भने दोस्रो नम्बरमा रहेको नबिल बैंकको बजार पुँजीकरण ८२ अर्ब ९ करोड रहेको छ । पुँजीकरणको आधारमा तेस्रो, चौथो र पाचौ स्थानमा क्रमश नेपाल लाइभ इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेष्ट बैंक रहेको छन् ।

गत साता नेपाल पुनर्बिमा कम्पनीको शेयर सबै भन्दा धेरै १० हजार ७ सय ७२ पटक कारोबार भएको छ भने एनआईसी एसिया लघुवित्तको शेयर ८ हजार ८ सय १७ पटक कारोबार भएको छ । गत साता नेप्सेमा विभिन्न ७ कम्पनीको गरी कुल ४ करोड ५३ लाख ५३ हजार ४ सय ८९ कित्ता शेयर सुचिकृत भएको छ ।

गत साताभर नेप्से सूचक ५३.०७ अंकले घट्दा बजार पुँजीकरण ७१ अर्बले घटेको छ । हाल कुल बजार पुँजीकरण भने १८ खर्ब २२ अर्ब रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved