मर्जमा जान बोर्डको स्वीकृति अनिवार्य, स्वाप रेसियो पनि बोर्डबाट पारित गराउनु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 11:42:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनी मर्जर वा प्राप्तिमा जानु परे नेपाल धितोपत्र बोर्डको पुर्व स्वीकृति लिनु पर्ने प्रस्ताव गरिएको छ । त्यस्तै स्वाप रेसियो पनि बोर्डबाट पारित गराउनु पर्ने प्रस्ताव गरिएको छ 

नेपाल धितोपत्र बोर्डले 'सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका' मार्फत यस्तो ब्यबस्था गरेको हो । हाल बोर्डले सुझावको लागि उक्त निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । 

मस्यौदामा बोर्डमा धितोपत्र दर्ता गराएको कुनै संगठित संस्थाले अर्को संगठित संस्थासँग गाभ्न वा गाभिन वा प्राप्ति गर्न वा प्राप्ति हुन चाहेमा पूर्व स्वीकृतिका लागि बोर्डसमक्ष संयुक्त रुपमा निवेदन दिनुपर्ने उल्लेख छ।

 निवेदन उपर बोर्डले आवश्यक जाँचबुझ गर्ने र त्यस्तो जाँचबुझको सिलसिलामा बोर्डले आवश्यकता अनुसार निवेदकसंग छलफल गर्न र थप कागजात समेत माग गर्न सक्ने प्रस्ताव गरिएको छ । जाँचबुझ गर्दा उपयुक्त देखिएमा बोर्डले त्यस्तो संगठित संस्थालाई गाभ्नेगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन  पूर्व स्वीकृति दिने उल्लेख छ । यद्यपि गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउन पूर्व स्वीकृति दिदाँ बोर्डले शर्तहरु तोक्न सक्ने ब्यबस्था प्रस्ताव गरिएको छ ।

संगठित संस्थाले बोर्डबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी पूर्व स्वीकृति प्राप्त गरेपश्चात् शेयर आदान प्रदान अनुपात गणना गर्नुपर्ने उल्लेख छ । शेयर आदान प्रदान अनुपातको आधार र औचित्य सहित बोर्डमा स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।

 शेयर आदान प्रदान अनुपातको आधार र औचित्यमा बोर्ड सन्तुष्ट भएमा बोर्डले उक्त अनुपातलाई स्वीकृति प्रदान गर्ने उल्लेख गरिएको छ । शेयर आदान प्रदान अनुपातको आधार र औचित्य सन्तोषजनक नदेखिएमा बोर्डले पुनः मूल्यांकन गर्न सम्बन्धित संगठित संस्थालाई निर्देशन दिन सक्ने मस्यौदामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved