नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘ ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत चैत ९गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
सूचीकरण भएसँगै आइतबारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।