एनआरएन सम्मेलनमा नेपाल आएका जापानका महासचिव ७ करोड ठगी आरोपमा पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 01:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सात करोड ठगि आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका निवर्तमान महासचिव अनुज थापा पक्राउ परेका छन्। जापानबाट एनआरएनए काे आइसीसी सदस्य चयन भएका थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको गरेको हो। 

एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। जापानमा रहेको एउटा विश्व विद्यालयको शाखा नेपालमा खोल्छु भनेर जापानी नागरीकबाट ७ करोड नेपाली रुपैयाँ लिई त्यसको दुरुपयोग गरेको आरोपमा थापालाई पक्राउ गरिएको हो।

सो रकम नेपालमा विश्वविद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए। त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए। २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए।

नेपालमा विश्वविद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले थापासँग पैसा फिर्ता मागेका थिए। थापा एनआरएनएको आठौँ सम्मलेनमा काठमाडौं आउने थाहा पाएपछी जापानी नागरिकले नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। 

हानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनीविरुद्ध ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान भइरहेको छ।


   

 


    





   



 



  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved