वेलायतमा १० दिन देखि नेपाली महिला बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 06:40:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको हार्टफोडशायरस्थित रिकम्यानसवर्थ भन्ने ठाउंमा बस्दै आएकी एक नेपाली महिला दश दिनदेखि बेपत्ता भएकी छिन् । रिता नामबाट समेत चिनिने मनमाया श्रेष्ठ सेप्टेम्बर ५ तारिखदेखि सम्पर्कमा नआएकी हुन् । 

 हार्टफोर्डशायर प्रहरीले एक सुचना जारी गर्दै मनमायाको खोजीमा सहयोग गनरिदिन सार्वजनिक अपील गरेको छ ।यतिका दिनसम्म मनमाया सम्पर्कमा नआउंदा उनको परिवार र प्रहरी दुवै उनीबारे थप चिन्तित हुंदै गएको प्रहरीले बताएको छ। 

मनमायाको खोजीमा खटिएका सर्जन ग्रयामी एडवार्डसले मनमायालाई देखेका वा उनी कहां छन भन्ने थाहा भएका जोकसैलाई पनि यथासक्य छिटो प्रहरीमा सम्पर्क राख्न अनुरोध गरेका छन् । जारी सुचनामा उनले भनेका छन्, ‘मनमाया, तिमीले यो अपील देख्यौ वा यसबारेसुन्यौ भने,कृपया हामीसंग सम्पर्कमा आउनु र हामीलाई थाहा दिनु कि तिमी सुरक्षित छौं ।’

प्रहरीले मनमायाबारे खबर गर्नुपरेमा १०१ मा रिफरेन्स आइएसआर ७४५ अफ सेप्टेम्बर ५ भनेर कल गरेर जानकारी दिन पनि आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved