कतारले पहिलो पटक विदेशीलाई पीआर दिने, यस्ता छन् मापदण्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 08:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारले पहिलो पटक विदेशी नागरिकलाई पनि कतारको स्थायी बसोबास अनुमति पत्र (पीआर) दिने भएको छ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानीले मंगलबार स्थायी आवास कानून नम्बर १० जारी गर्दै यस्तो घोषणा गरेका हुन्। 

हरेक बर्ष १०० जनालाई यस्तो सुबिधा दिने जनाईएको छ । पीआर लिनको लागि कतार मै जन्मेकाहरुलाई कतारमा १० बर्ष बसेको र बाहिर जन्मेकालाई कतारमा २० बर्ष बसेको हुनु पर्ने छ । त्यस्तै अरबी भाषाको प्रयाप्त ज्ञान भएको , आफ्नो परिवार पाल्न निवेदकको पर्याप्त आयश्रोत भएको हुनु पर्ने छ  । आवश्यक न्युनतम आय भने त्यहाँको मन्त्रिपरिषदले तोक्ने छ ।  

पीआर पाउने नागरिक र उनीहरूको १८ वर्ष भन्दा कम उमेरको सन्तानले सरकारी स्वास्थ्य संस्था,कार्यालय,विद्यालय,आवास आदि सेवाको फाइदा लिन पाउनेछन्। त्यस्तै मन्त्रालयले तोकेको क्षेत्रमा कतारी पार्टनर बिना नै आफ्नो व्यवसाय गर्न पाउनेछन्।

विदेशी सँग विवाह भएको कतारी महिला, उनको सन्तान, कतारी नागरिकको विदेशी श्रीमती,उनीहरूको सन्तान लगायत देशलाई आवश्यक अन्य उत्कृष्ट प्रतिभा भएकाहरू र  कतारी महिला सँग विवाह भएको विदेशी नागरिकले पनि उल्लेखित शर्त पुरा गरी पीआरको लागि निवेदन दिन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved