दुबईमा भएको भयानक बस दुर्घटनामा २ नेपालीको मृत्यु, ७ घाइते (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 11:19:45 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स, युएईको दुबईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र ३५ जना घाइते भएका छन। यस बस दुर्घटनामा मृत्यु हुनेमा २ नेपाली रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। 

मंगलबार सेक्युरिटी कम्पनीको सुरक्षा गार्ड बोकेको उक्त बस भयानक रुपमा दुर्घटना हुँदा घाइते हुने अन्य नेपालीहरुमा चारआली झापाका २८ वर्षीय हरि धिमाल, पथरी, मोरङका २४ वर्षीय सागर पराजुली, तनहुँका ३० वर्षीय धनबहादुर गुरुङ, जुगेडी चितवनका २३ वर्षीय टेकप्रसाद गुरुङ, विराटचोक, मोरङका २२ वर्षीय खेमराज कटुवाल र निजगढका २२ वर्षीय गुनाबहादुर अधिकारी रहेको आबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। त्यस्तै मृत्यु हुनेमा वासुदेव लामिछाने र चितवनका कृष्णप्रसाद भुसाल रहेका छन। 

बस दुर्घटनामा घाइते भएकाहरुको अल जहरा अस्पताल, साउदी जर्मन अस्पताल र न्यु मेडिकल सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । उनीहरूको टाउको, छाती र खुट्टामा चोट लागेको गल्फ न्युज डटकमले लेखेको छ। सामान्य घाइते भएका नरेश तरामी मगर, सुन्दर ज्ञावली, सुरेन्द्रसिंह ठगुन्ना र डेगराज मैनाली अस्पतालबाट डिस्चार्ज भइसकेका छन।

ट्रान्सगार्ड समूहमा कार्यरत करिब ४१ जना कामदार बोकेको बसको टायर पड्किँदा सडकको बीचमा राखिएको बारलाई नाघ्दै ट्रकलाई ठक्कर दिन पुगेको ट्राफिक विभाग, दुबईका निर्देशक  सेफ मुहैर मिजरुहीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उक्त घटना रात्रिकालीन ड्युटी सकेर उनीहरूलाई क्याम्पमा लैजाने क्रममा करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ।     

प्रहरीले बसभित्र च्यापिएका २२ जनालाई उद्वार गरिसकेको जनाइएको छ। घाइते भएका ४१ मध्य अन्यमा पाकिस्तानी र भारतीय नगारिक रहेको स्थानीय संचार माध्यमले जनाएका छन।

दुबई प्रहरीका अनुसार यस बर्ष दुवईमा भएको ४९ बस दुर्घटनामा परि ७ जनाको मृत्यु तथा १०० घाइते भएका छन। त्यस्तै सन २०१६ मा १३३ बस दुर्घटनामा परि २४ जनाको मृत्यु तथा २५८ जना घाइते भएका थिए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved