एक्सेल डेभलपमेन्ट बैंकले घोषणा गर्यो आकर्षक लाभांश, बोनस र हकप्रद वितरणपछी चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 12:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ २५ गते बसेको १९५ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट ३०.१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८५२६  प्रतिशत नगद लाभांश दिने घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बैंकले अघिल्लो आर्थिक बर्षको संचिति मुनाफाबाट गत बर्ष २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।   

एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद बिक्री गर्ने तयारीमा छ। ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि बैंकले नियमन निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाईवरी भदौ २१ का लागि बुक क्लोजको मिति समेत तय गरिसकेको छ। भदौ १९ सम्म कायम सेयरधनीहरुले मात्र ५० प्रतिशत हकप्रद भर्न पाउनेछन। 

हाल बैंकको चुक्ता पुंजी ३८ करोड ४५ लाख छ। ३०।१२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ५० करोड ३ लाख हराहारी पुग्नेछ। त्यस्तै ५० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १९ करोड २२ लाखले थप भई ७० करोड हाराहारी पुग्नेछ।    बैंकले गत आर्थिक बर्ष १५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकहरुले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने हुन्छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved