लक्ष्मी लघुवित्तले गर्यो लाभांश घोषणा, १० प्रतिशत बोनस पश्चात चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 09:00:53 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लक्ष्मी लघुवित्तको भदौ २७ गते बसेको ८४ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १६।३२ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको कर प्रयोजन समेत) दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ४२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

१० प्रतिशत बोनस सेयर बितरण पश्चात लक्ष्मी लघुवित्तको चुक्ता पुंजी २४ करोड २० लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी २२ करोड छ । लक्ष्मी लघुवित्तले अघिल्लो आर्थिक बर्षको तुलनामा ७१ दशमलब ५३ प्रतिशतले मुनाफा वृद्धि गरी गत आर्थिक बर्ष १० करोड ७१ लाख खुद मुनाफा आर्जन गरेको छ।  

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved