सपोर्ट माईक्रोफाईनान्सले असोज १८ देखि आईपिओ निष्काशन गर्ने, २३ गतेसम्म बिक्रि खुला रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 08:15:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडले  असोज १८ गतेदेखि साधारण शेयर आईपिओ निष्काशन गर्ने भएको छ  । माइक्रोफाइनान्सले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको  हो।  

माइक्रोफाइनान्सले आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको  छ। इच्छुक लगानीकर्ताले असोज १८ गतेदेखि छिटोमा असोज २३ र ढिलोमा कार्तिक १६ गतेसम्म आईपिओको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३६ सय कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात्कि ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट मात्र आवेदन दिन सकिने छन्  ।

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। 

२०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ । 

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ।  


गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved