नेपाल ग्रामिणको एफपीओ बाँडफाँड असोज ३१ गते,डेढलाख आवेदकले एफपीओ नपाउने निश्चित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2017 | 08:57:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण विकास बैंकले सर्वसाधारणमा निष्काशन गरेको फर्दर पब्लिक अफरिङ, एफपीओ असोज ३१ गते बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर बिक्रि प्रबन्धक प्रभु क्यापिटल कार्यालयमा असोज ३१ गते बिहान ८.३० मा एफपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ। 

एफपिओकाे पुर्व बाँडफाँड खाका नेपाल धितोपत्र बोर्डमा शुक्रबार असोज २७ गते नै पेश गरिएको क्यापिटलले जनाएको छ। बोर्डबाट उक्त एफपीओ बाँडफाँड खाका स्वीकृत भएसंगै असोज ३१ गते मंगलबार नै एफपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ।

आवेदकको संख्या २ देखि ३ लाख भएकाले एफपीओ बाँडफाँड ४० दिन भित्र सम्पन्न हुने अपेक्षा गरिएपनि १० दिन अघि नै एफपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ।        

धितोपत्र बोर्डले जेठदेखि लागू गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार नै एफपिओ बाँडफाँड हुनेछ। यस अनुसार प्रत्येक आबेदकमा गोलाप्रथाबाट १० कित्ता एफपीओ बाँडफाँड हुनेछ। 

नेपाल ग्रामिणले भदौ २७ देखि ३१ गतेसम्म बिक्री खुला गरेको एफपीओमा २ लाख ५४ हजार ८५२ आबेदकबाट २ अर्ब ७४ करोडको आबेदन परेको छ। जसमा ९७ हजार ५ सय 'भाग्यमानि आबेदक' ले मात्र नेपाल ग्रामिणको १० कित्ता सेयर पाउनेछन।    

माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गरेको हो। एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।  


हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved