भार्गब बिकास बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 09:18:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गब बिकास बैंकले हकप्रद बिक्रि प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। बैंकले १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्रिका लागि कात्तिक १५ गतेका लागि बुक क्लोज मिति तय गरेको जनाइएको छ। 

बैंकले कात्तिक १५ गतेका लागि बुक क्लोज मिति तय गरेकाले कात्तिक १४ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैकले प्रति कित्ता १ सय रुपैयाँका दरले २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। 

बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २५ मा अनुमति पाएको हो। 

८० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख छ। 




   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved