एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि हकप्रद बिक्रि गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 08:27:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  कम्पनीले १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको  हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ। 

 हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ७ गतेसम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले चैत १८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले एनईबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, एसियन लाइफ इन्स्योरेन्सकाशाखा कार्यालयहरु र सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । 

हकप्रद बिक्रि तथा बितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब २१ करोड पुग्नेछ। हाल इन्स्योरेन्सको चुक्ता पुंजी ८० करोड ५५ लाख छ। बिमा समितिले तोकेको चुक्ता पुंजी २ अर्ब पुर्याउन इन्स्योरेन्सले ७९ करोड पुंजी थप्नुपर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved