ज्योति लाइफले तत्काल आइपिओ निष्काशन गर्न नपाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 10:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन महिना अघि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने प्रस्ताब पारित गरेको छ। कम्पनीको माघ १० गते बसेको प्रथम बार्षिक साधारणसभाले आइपिओ निष्काशनको प्रस्ताब पारित गरेको हो।

ज्योति लाइफले सर्वसाधारणमा ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर जारि गरि चुक्ता पुंजी २ अर्ब २० करोड पुर्याउने प्रस्ताब पारित गरेको हो। कम्पनीको जारि पुंजी २ अर्ब २० करोड मध्ये संस्थापक शेयरधनीबाट हुन आउने चुक्ता पुंजी १ अर्ब ५४ करोड रहेकोमा कम्पनीले सर्वसाधारणका लागि ६६ करोडको साधारण शेयर जारि गर्न लागेको हो।

साधारणसभाले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसंग सम्झौता गर्न लगायत अन्य काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत दिइसकेको छ। 

आईपीओ निष्काशन प्रयोजनार्थ सम्बन्धित निकायबाट स्वीकृति लिने क्रममा प्रवन्धपत्र तथा नियमावलीको कुनै दफा परिवर्तन गर्न परेमा सो गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभाले पारित गरेको छ। 

ज्योति लाइफले सम्पूर्ण प्रक्रिया पुरा गरेपनि तत्काल आइपीओ निष्काशन गर्न भने पाउनेछैन। धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को व्यवस्था अनुसार आइपीओ निष्काशन गर्न कम्पनी कम्तिमा एक बर्ष व्यवसाय संचालन गरेको हुनुपर्छ। ज्योति लाइफले आफ्नो कारोबार सुरु गरेको केहि महिना मात्र भएको छ।

'बैंकिङ, वित्तीय वा बिमा सम्बन्धि व्यवसाय गर्ने संगठित संस्थाले ऐन तथा यस नीयमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएमा त्यस्तो संगठित संस्थाले आफ्नो उदेश्य अनुरुप कारोबार संचालन गरेको एक आर्थिक बर्षको लेखापरीक्षण गरिएको विवरण सार्वजनिक रुपमा प्रकाशन समेत गर्नुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको हुनु पर्नेछ' भन्ने व्यवस्था छ। 

वित्तीय अवस्था 

ज्योति लाइफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा ८ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ। गत बर्षको यस अवधिमा कम्पनीले ३ करोड ८६ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा ज्योति लाइफको बिमा कोषमा कुनै रकम छैन भने ८ करोड ९९ लाख जगेडा कोषमा छ। त्यस्तै प्रति सेयर आम्दानी ५ रुपैयाँ २१ पैसा छ भने प्रति सेयर नेटवर्थ १०५ रुपैयाँ ८४ पैसा छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved