बुटवल पावरको एफपिओ नतिजा प्रकाशित (नतिजा सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 12:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडको ४० लाख ८१ हजार कित्ता शेयर आज बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुटवल पावरको कार्यालय बुद्द्नगरमा एफपिओ बाँडफांड गरेको हो । कुल ८५ हजार ६ सय १४ आवेदन मध्ये ८४ हजार ८ सय ४ आवेदन मात्र योग्य भएको छ । ८४ हजार ८ सय ४ आवेदकलाई कुल २८ लाख ५९ हजार १ सय ७० कित्ता शेयर बाँडफाड गरिएको छ ।  उनीहरुले माग गरे अनुरुप मै शेयर पाएका छन्। बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अन्डरराइट गर्ने कम्पनीहरु (सेयर प्रत्याभूतिकर्ता)ले लिएका छन् ।  



कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो।  कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको थियो।  सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो ।  

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३५७ प्रतिशतले बढाएर ५९ करोड ५२ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा कम्पनिले १३ करोड ९ लाख खुद मुनाफा गरेको थियो। कम्पनिले बिद्युत बिक्रिबाट ४० करोड ९८ लाख आम्दानि गरेको छ।   

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८६ करोड छ।

यस अवधिमा कम्पनिको प्रति शेयर आम्दानि ३३ रुपैयाँ ९ पैसा, प्रति शेयर नेटवर्थ २५८ रुपैयाँ २१ पैसा र मुल्य आम्दानिको अनुपात २१ दशमलब ४८ गुणा रहेको छ। 

दोस्रो बजारमा कम्पनी शेयर मूल्य भने एफपिओ बिक्रि गरिएको मूल्य भन्दा तल झरेको छ ।  

कसरी हेर्ने नतिजा ? 

आइपीओको नतिजा  बिजपाटि डटकममा प्रकाशित भएको छ। 

बिजपाटि डटकमको मेनुबारमा रहेको आइपीओ रिजल्ट (IPO) मा क्लिक गरेर तनिजा हेर्न सक्नु हुनेछ । तपाईले Check Your IPO Result  भन्ने देख्नुहुन्छ। त्यहाँ बुटवल पावर कम्पनी लिमिटेड (Butwal Power Company Limited (BPCL) FPO) भनेर छनौट गर्नुहोस। तपाईले आफ्नो नाम मात्र राखेर पनि नतिजा हेर्न सक्नुहुन्छ।  

यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved