ब्रोकर कमिसनमा भ्याट छुट नभएको प्रतिवेदन सार्वजनिक, २५ ब्रोकरबाट १६ करोड उठान निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 10:09:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर दलालहरुले लगानीकर्तालाई सेवा उपलब्ध गराएबापत प्राप्त गर्ने कमिसनमा मुल्य अभिबृद्धि कर (भ्याट) तिर्नु पर्ने भएको छ। दलाल कमिशनमा  छुट नभएकाले ब्रोकरहरुबाट उठाउनु पर्ने भ्याट असुल गर्नुपर्ने महालेखापरिक्षकले जनाएको छ। 

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा २५ ब्रोकरले कमिशन प्राप्त गरेबापत तिर्नु पर्ने भ्याट नतिरेको उल्लेख छ। सार्वजनिक प्रतिवेदन अनुसार २५ ब्रोकरले तिर्नु पर्ने करिब १६ करोड ६२ लाख भ्याट तिरेका छैनन। 

महालेखा परीक्षकको यस प्रतिबेदनले पुंजीबजारमा फेरी एकपटक तरंग ल्याउने अनुमान गरिएको छ। आन्तरिक राजश्व विभागले शेयर दलाल व्यवसायीलाई भ्याटमा दर्ता गर्न पत्राचार गरेको भन्दै असार १५ गते बिहिबारको दिन शेयर कारोबार बन्द गरेका थिए। महालेखापरिक्षकले शेयर दलालले लिने कमिशनमा भ्याट छुट नभएको उल्लेख गर्दै तिर्नु पर्ने भ्याट नतिरेको प्रतिवेदन सार्वजनिक गरेकाले त्यसले शेयरबजारलाई प्रभावित गर्ने विश्लेषण गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved