सहारा विकास बैंकको २ सय ५० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 08:59:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकले निष्काशन गर्न लागेको २ सय ५० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय भएको छ   ।  बैंकले १८ करोड २४ लाख ८७ हजार रुपियाँको १८ लाख २४ हजार ८७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्ना सक्ने छन्।

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

  बैंकको छैठौ साधारणसभाले २५० प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर बैंकले पछि हकप्रद प्रस्ताव रद्द गर्नको लागि बिशेष साधारसभा बोलाएको थियो । धितोपत्र बोर्डको निर्देशनपछि हकप्रद जारी गर्ने निर्णयलाई पन्छाउदै देब बिकास बैंकको सहारा रोज्न पुगेको सहारा बिकास बैंकलाई रद्द गरिएको हकप्रद फेरी जारी गर्ने बाध्यतामा आइपरेको हो।  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved