नेप्से सूचक ८१ अंकले घटेपनि १५ प्रतिशतले बढ्यो कारोबार रकम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 27, 2018 | 12:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १८२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४७०७१ कारोबारबाट चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.८६ प्रतिशत बढि हो । गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ४४१५० कारोबारबाट चार अर्ब आठ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरका ८८ लाख ५९ हजार चार सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८१.२७ अंकले घटेर अन्तिम दिन १३५७.२२ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १७.०५ अंकले घटेर २८७.०६ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१९ करोड १५ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख २४ हजार कित्ता) को आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१५०५ वटा) को आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

 १ सिन्धु विकास बैंक लिमिटेडको हकप्रद  शेयर 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर 

गण्डकी विकास बैंक लिमिटेडको हकप्रद शेयर 

नेपाल एसविआई बैंक लिमिटेडको वोनस शेयर 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको वोनस शेयर 

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वोनस शेयर 

मिसन डेभलपमेन्ट बैंक लिमिटेडको वोनस शेयर 

एभरेष्ट बैंक लिमिटेडको वोनस शेयर 

कृषि विकास बैंक लिमिटेडको वोनस शेयर 

१० विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर 

११ नँया नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर 

१२ माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वोनस शेयर 

१३ नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको वोनस शेयर 

१४ बुटवल पावर कम्पनी लिमिटेडको थप निष्कासन शेयर 

१५ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वोनस शेयर 

१६ सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड वोनस शेयर 

१७ गुडविल फाइनान्स लिमिटेड वोनस शेयर 

१८ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड वोनस शेयर 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved