सी-आस्वा थप प्रभावकारी बनाउन बोर्डको ४ बुँदे निर्देशन, अब रियल टाईमा नै रकम 'ब्लक'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 03:38:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले धितोपत्रको सार्वजनिक निस्काशनमा लागु गरिएको सी–आस्वा प्रणालीलाई थप प्रभावकारी बनाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई ४ बुँदे निर्देशन दिएको छ । बोर्डले  सी–आस्वा सफ्टवेयर मा समय समयमा connectivity जाने तथा system hang हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भनी बोर्डमा गुनासो  आएको  जानकारी दिदै ति समस्याको समाधान हुने गरी कार्य गर्न निर्देशन दिएको हो ।

यस्ता छन् बोर्डले दिएका निर्देशनहरु  । 

१. सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको connectivity को क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने ।
२. सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै (Real time) जानकारी गराउने संयन्त्रको बिकास गर्ने ।
३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने ।
४. सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने-गराउन लगाउने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved