अबदेखि नेप्सेमा सुचिकृत कम्पनीहरुलाई ४ तहमा बर्गिकरण, यस्ता छन ५ मापदण्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 12, 2018 | 07:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत कम्पनीहरुको ४ बर्गमा बर्गिकरण हुने भएको छ   । नेपाल धितोपत्र बोर्डले “धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५” लागु गर्दै यस्तो ब्यबस्था गरेको हो  ।  यो नियमावली आगामी साउन १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ । 

बोर्डले  चुक्ता पूँजी,  धितोपत्र सूचीकरणको अवधि,  लाभांश वितरण,  क्रेडिट रेटिङ्ग संस्थाबाट प्रापत रेटिङ्ग, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तिय विवरण राखे नराखेको र वार्षिक साधारण सभा समयमा सम्पन्न गरे नगरेको मापदण्डलाई आधार मानी कम्पनीहरुको बर्गिकरण गर्ने व्यवस्था गरेको हो । 

साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएकोमा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी संगठित संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।  

यसबाट सूचीकृत संगठित संस्थाको वर्ग अनुसार लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्न सक्ने तथा धितोपत्र बजारलेसमेत सोही बमोजिम कारोबारलाई सहजीकरण गर्न सक्ने व्यवस्था समेत नियमावली गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved