सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले गर्यो लाभांश घोषणा, बुक क्लोज कहिले?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 01:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलले आर्थिक बर्ष आर्थिक बर्ष ७४/७५ को लागि आफ्ना इकाईधनीलाई १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले इकाईधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले आउने १२ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश प्रयोजनका लागि भदौ ४ गते बुक क्लोज गरिने क्यापिटलले जनाएको छ । भदौ ३ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन् । उक्त लाभांश  पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved