आँखुखोला हाइड्रोपावरको आइपीओ बाँडफाँड बुधबार, सबै आवेदकलाई कम्तिमा दश कित्ता शेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 07:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आँखु खोला हाइड्रोपावर कम्पनीको आईपिओ यहि बुधबारभित्र बाँडफाँड हुने भएको छ। हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले यहि बुधबार भित्र नै आँखु खोला हाइड्रोको आइपीओ बाँडफाँड हुने पुष्टि गरेको हो। 

कम्पनीले निष्काशन गरेको कुल सेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने सर्वसाधारणलाई बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता छुट्याइएको थियो। 

जसमा ८५ हजार ८८० आवेदकबाट ५९ करोड ३६ लाख रुपैयाँ बराबरको आबेदन परेको क्यापिटलले जनाएको छ। गत असोज २३ देखि २६ गतेसम्म बिक्रिमा राखिएको आइपीओमा ४ गुणा बढीले आबेदन परेको हो।    

कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन गर्दा अवितरित शेयर समेत जोडेर सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको  १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेकाे थियाे ।

इक्रा नेपालले कम्पनीको अईपियोलाई ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ।  यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ ।कम्पनीले ८.४ मेगावाटको आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिरहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।






 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved