एक साथ ५ नियमावली संशोधन गर्दै बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 06:53:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’ संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यस्तै ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ । 

समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै बोर्डले ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ पनि संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले आवश्यक सुझाव तथा सल्लाह बोर्डको नियमन तथा व्यवस्थापन विभाग कानून तथा प्रबलीकरण महाशाखामा उपलब्ध गराउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved