धितोपत्र बोर्डको जिम्मा पौड्याललाई, नीतिगत निर्णय गर्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 03:20:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारी कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले पाएका छन् । अर्थ मन्त्रालयले दैनिक काम कारवाही संचालन गर्नको लागि पौड्याललाई निमित्त अध्यक्षको रुपमा काम गर्ने जिम्मेवारी दिएको स्रोतले जनाएको छ। यद्यपि उनले नीतिगत निर्णय भने गर्न पाउने छैनन् ।

बोर्ड अध्यक्ष डा. रेवत कार्कीको कार्यकाल समाप्त भएपछि उक्त पद अहिले रिक्त छ । बोर्डको ऐनमा अध्यक्षको कार्यकाल बाँकि रहदै नयाँ अध्यक्ष चयन गर्न सक्ने ब्यबस्था भएपनि नयाँ अध्यक्ष नियुक्त हुन् सकेको छैन ।

अध्यक्ष नियुक्ति नहुँदा बोर्डका नियमित कामकाज नै प्रभावित भएपछि मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको स्रोतले जनाएको छ । बोर्ड कै उच्च अधिकारीहरु अध्यक्ष नहुँदा जरुरि फाइलहरु समेत अड्किएर बसेको बताउछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved