हिमालयन बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 09:38:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज हिमालयन बैंक Himalayan Bank Limited , डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha Limited  र नागबेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank Limited  को शेयर मूल्य समायोजन भएको हो ।

हिमालयन बैंकको १० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ५१३.६४ कायम भएको छ । त्यस्तै डिप्रोक्स लघुवित्तको ३० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ७९३.८५ कायम भएको छ । त्यस्तै नागबेली लघुवित्तको २६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ४६६.६७ कायम भएको छ ।

यी सबै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि आज बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । माघ १२ गतेसम्म शेयरधनीले यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved