२ वटा बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 08:20:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज वैशाख ६ गते बिहिबार दुई वटा बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सुर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो 

यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

सुर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते शुक्रबार विराटनगरमा सभा आह्वान गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ   

त्यस्तै प्रभु इन्स्योरेन्सले वैशाख २० गते आफ्नै केन्द्रीय कार्यालयमा साधारण सभा आह्वान गरेको छ    कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ   कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड रहेको छ    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved