कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले १८ प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 01:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । 

उक्त लिमिटेडले आव २०७३÷७४ मा रु ९० लाख ४७ हजार ३९४ मुनाफा वितरण गर्न लागेको हो । 

लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि रु ९० करोड ४७ हजार मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । “यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उनले भने । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो । 

पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिए । 
पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको रु ८५ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु ११४ तिर्नुपर्र्ने हुन्छ । रासस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved