युनाइटेड इन्स्योरेन्सको बोनस र हकप्रद प्रस्ताब स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2017 | 11:23:05 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्सको लाभांश तथा हकप्रद प्रस्ताब स्थगित भएको छ। कम्पनीको भदौ १२ मा बसेको संचालक समितिको बैठकले गरेको बोनस र हकप्रद प्रस्ताबमा बिमा समितिबाट परिमार्जन सहित वित्तीय विवरण पेश गर्न निर्देशन आएकाले तत्कालको लागि स्थगित गरिएको कम्पनीले नेप्से मार्फत जनाएको छ।

युनाइटेड इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र बोनस वितरण पश्चात कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब गरेको थियो।

कम्पनीले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १५ लाख ९१ हजार ५ सय ७८ रुपैयाँ प्रस्ताब गरेको छ। साथै उसले बोनस बितरण पश्चात १०० प्रतिशत हकप्रद बिक्रिको प्रस्ताब गरेको थियो। उक्त प्रस्ताब कम्पनीको आगामी बार्षिक साधारणसभाले र सम्बन्धित निकायले पारित गरेपछि कार्यन्वयन हुने जनाइएको थियो। कम्पनीले २०७१-७२ मा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

१० प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६६ करोड ५२ लाख रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved