नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड National Microfinance Bittiya Sanstha Limited ले करिब ५५ प्रतिशतले खुद मुनाफा बढाएको प्रगति विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा ६ करोड खुद मुनाफा गरेको लघुवित्तले यस अवधिमा ९ करोड २७ लाख आर्जन गरेको छ।
यस अवधिमा लघुवित्तले संकलन गरेको १ अर्ब १२ करोड निक्षेपमा २ अर्ब १३ करोड कर्जा सापटी लिएर ३ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ। लघुवित्तको खराब कर्जा १।५७ प्रतिशत छ भने प्रति सेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा र मुल्य आम्दानी अनुपात १९ रुपैयाँ ०८ गुणा छ।
यस अवधिमा लघुवितको चुक्तापुजी १५ करोड ८ लाख छ भने रिजर्भ २८ करोड ८ लाखबाट बढेर २० करोड २२ लाख पुगेको छ।